२१ कार्तिक बीरगञ्ज - छठ पर्वको पावन अवसरमा व्रतालुहरूलाई ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा र रुँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साको सँयुक्त आयोजनामा साडी वितरण गरिएको छ।
विगत आठ वर्ष भन्दा पनि लामो समयदेखि छठको पावन अवसरमा बर्तालुहरूलाई साडी तथा पूजा सामग्री वितरण गर्दै आइरहेका ग्रीन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भन्छन् ' छठ सामाजिक एकता र सद्भावको प्रतीक भएकाले यसलाई उल्लासमय बनाउन विपन्न परिवारका महिलाहरु लाई मात्र नभई सके सबलाई सहयोग गर्छौ । छठ पर्व मधेश को मात्र होइन देशकै पावन पर्व हो। घरघरमा छठ बडो श्रद्धा र भक्तिले मनाइन्छ। त्यसैले हाम्रो सानो प्रयास गर्ने गर्छौं कि सबैले हाँसीखुसीका साथ छठ पर्व मनाउँ।"
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हिन्दूहरूको महान चाडपर्व छठको पावन अवसरमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नं २६ घुर्मि टोलमा साडी वितरण गरिएको हो । प्रमुख अतिथि रूँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्साका अध्यक्ष सुरेश रुँगटा तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सुरक्षा निकाय तथा समाज सेवी, नागरिक समाज, संचारकर्मी ज्युहरु र यस केन्द्रका पदाधिकारी ज्युहरु लगायत ३५० जानाको उपस्थितीमा व्रतालुहरूलाई साडी वितरण गरी कार्यक्रम सु-सम्पन्न गरियो हो ।
साडी वितरण कार्यक्रममा सहयोग गर्नुभएकाहरू रूँगटा वेयल फेयर सोसाइटी बिरगंज पर्सा -अध्यक्ष सुरेश रुँगटा ,ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष जयप्रकाश खेतान , ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्यहरु संजय शर्मा ,त्रिलोक चन्द दारुका , सुसिल कादमिया ,चन्द्र अग्रवाल , राकेश अग्रवाल ,कैलाश बजाज ,प्रेम राम लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।