२२ असार वीरगञ्ज -गहवामाई दोस्रो रथ यात्राको सुभ अवसरमा बिरगंज महानगरपालिका बिरगंज पर्साको आयोजनामा र ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर पर्सा, साहेब दरबार बिरगंज र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति भरतपुर चितवनको संयुक्त सहयोगमा बृहत बृक्षारोपण कार्यक्रम सम्मपन भएको छ ।


मिति २०८१/०३/२२ गते शनिबार बिहान ०७:३० बजेको समयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं २५ ड्राईपोट चौक देखि परवानीपुर जाने बाटो सम्म बृहत बृक्षारोपण कार्यक्रम गरिएको छ ।


उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगरप्रमुख श्रीमान राजेशमान सिंहको उपस्थितीमा र यस ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान अध्यक्षतामा सुरक्षा निकाय तथा बिभिन्न निकायका पदाधिकारी ज्युहरु, समाज सेवी, नागरिक समाज लगायत संचारकर्मी ज्युहरु लगायत नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी तथा बिधार्थीहरु गरि १०० जानाको उपस्थितीमा बिभिन्न जातजातिका ९०० नौ सय विरुवाहरु वृक्षारोपण गरी कार्यक्रम अं.०९:०० बजेको समयमा सु-सम्पन्न गरियो हो ।