बीरगञ्ज - विश्वव्यापी विश्व वातावरण दिवस मनाइने रूपमा यो दिवसको अवसरमा यसपालि बीरगञ्जमा पनि बृहत वृक्षारोपण कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइएको छ।
१६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।
त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरियो र हरेक वर्ष ५ जुन लाई विश्व वातावरण दिवसको रुपमा विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइन्छ।