२० जेठ बीरगंज -सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको गाडी मोबाईल गस्ती टोलीले झौवा - अलौ - डाईपोर्ट हुँदै परवानीपुर तर्फ जाँदै गरेको ब्रोइलर कुखुरा लोड गरिएको प्रदेश २ -०३-००१ च४१६७ बोलेरो पिकअप गाडी लाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त गाडीको साथमा ब्रोइलर कुखुराको विल , बाहन र मालसमान ट्र्याकिङ प्रणाली र भेटेरिनरीको प्रमाण पत्र नभएको पाइएको थियो।ब्रोइलर कुखुरा लोड गरिएको उक्त गाडीलाई चालकले बेवारिसे अवस्थामा बाटोमै छाडेर भागेको हुँदा भन्सार छली चोरी-पैठारी गरि भारतबाट नेपाल भित्र्याइएको मूल्य रु.१,८४,०००।- बराबरको ब्रोइलर कुखुरा सहितको उक्त गाडीलाई नियन्त्रणमा लिई गाडिको रु.२५,००,०००।- भन्सार मुल्याङ्कन गरि आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाई उक्त ब्रोइलर कुखुरा आवश्यक प्रकृया पुरा गरी नष्ट गरिएको छ ।

यसका अतिरिक्त, सोही गुल्मले विभिन्न सीमा नाकाबाट रु. २,७३,१६०/- मूल्य बराबरका मोबाइल र इलेक्ट्रोनिक सामानहरू समेत नियन्त्रणमा लिइ बीरगंज भन्सार कार्यालयमा बुझाइएको हो ।

आजकै मितिमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले बीरगंज महानगरपालिका क्षेत्रमा भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामानहरू नियन्त्रणमा लिएको छ। यस क्रममा, रु. ७,३९,९५०/- बराबरका सामानहरू नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सुचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरिक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलको सक्रियता र समन्वयका कारण पर्सा जिल्लामा तस्करी नियन्त्रणमा उल्लेखनीय प्रगति भएको छ।सशस्त्र प्रहरीको  इमान्दारिता र विभिन्न निकायसँगको समन्वयले तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ। यसले तस्करीका प्रयासलाई प्रभावकारी रूपमा रोक्न मद्दत पुर्याएको छ।