देशभरि इन्टरनेट सेवामा अवरुद्ध भएको छ। बिहीबार अपराह्नदेखि देशका अधिकांश स्थानहरूमा इन्टरनेटमा समस्या आएको  प्रयाेगकर्ताहरूले बताएका छन् ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएको हो ।

खासगरी वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतमा समस्या आएका छन् । नेपालका इन्टरनेट सेवाप्रदायकहरूले भारतको एयरटेलबाट लिएको ब्यान्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।

छ महिनादेखि ब्यान्डविथको रकम भुक्तानी गर्न नसकेपछि भारतीय कम्पनीले इन्टरनेट बन्द गर्ने चेतावनी दिएको थियो।

वर्ल्ड लिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भनन्छन"एयरटेलले इन्टरनेट सेवा काटिदिएका कारण समस्या आएकाे र यसबारेमा थप पुष्टि गर्ने प्रयास भइरहेकाे बताए । 

सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको उनीहरूकाे भनाइ रहेको छ ।